काठमाडौं । हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम तय गरेको छ ।
उक्त पार्टीले तीन जना महिला र एक जना पुरुषको नामलाई आधिकारिकता दिएको छ ।
जसअनुसार हेटौंडाका मन्दिरा मोक्तानलाई आदिवासी जनजाति कोटामा, खस आर्यतर्फ झापाका अम्बिका संग्रौला, सुर्खेतका राधिका रम्तेल दलित, थारु, मधेशी, मुस्लिम क्लस्टरमा राखिएको छ । अर्का छनौट गरिएकामा पूर्ण लिम्बू हुन् ।
FACEBOOK COMMENTS