काठमाडौँ । सुनसरी–१ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) विजयी भएका छन् । साम्पाङले ३५ हजार ७४१ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
त्यस्तै उनका निकटतम प्रतिष्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङ (सरिन) लाई पराजित गरेका हुन् ।
उनले २७ हजार २४९ मत प्राप्त गरेकी थिइन् । साम्पाङले ८ हजार ४९२ मत अन्तरले तामाङलाई पराजित गरेका छन् । सुनसरी– १ मा कुल ८७ हजार ४७१ मत खसेको थियो ।
योसँगै श्रम संस्कृति पार्टीले २ सिटमा जित हासिल गरेको छ । यसअघि खोटाङबाट आरेन राईले १६ हजार ६१२ मत प्राप्त गरेर जित हासिल गरेका थिए । श्रम संस्कृति पार्टी अब एक स्थान भोजपुरमा अगाडी रहेको छ ।
FACEBOOK COMMENTS