काठमाडौँ । सरकारले २०७२ सालमै खाडीका ६ वटा मुलुक र मलेसिया जाने कामदारका हकमा फ्री भिसा र फ्री टिकटको व्यवस्था लागु गरेको थियो । तर म्यानपावरवालाले बिदेसिन चाहनेबाट अथाह पैसा असुल्दै आएका छन् । त्यसकारण बिदेसिन लागेकाहरू म्यानपावर व्यवसायीलाई हाताहाती पैसा बुझाउनुपर्ने बाध्यताको सिकार बनेका छन् ।
विदेश पठाउने आश्वासनमा म्यानपावरले सुरुमै युवाहरूसँग ४०/५० हजार रकम लिएका रहेछन् तर बैंकमार्फत होइन । म्यानपावरवालाले बिदेसिनेसँग बैंकमार्फत नभई अनेक विश्वास दिलाउँदै हाताहाती पैसा उठाउने गरेका छन् । ‘टिकट र भिसा आइसक्यो, पैसा दिन किन किचकिच गरेको रु हामीले कुनै पनि बैंक खाता खोलेका छैनौँ । पैसा लिने-दिने हातैमा हो । विदेश जान मन छैन भने भन, जाने भए छिटो पैसा देऊ,’ सोही म्यानपावरका अर्का कर्मचारी युवाहरूलाई हप्काउँदै भनिरहेका थिए । सरकारबाट स्वीकृति लिएर सञ्चालित म्यानपावर कम्पनीहरूको बैंक खाता हुँदैन भन्नु आश्चर्यको विषय हो । बिदेसिने तयारीमा रहेका र म्यानपावरमा भेटिएका एक युवा साथीमार्फत त्यहाँसम्म आइपुगेको बताउँदै थिए ।
धेरै पैसा लाग्दैन । साउदी अरेबियामा राम्रो काम छ भन्दै म्यानपावर सञ्चालकले भनेको थियो । विदेश जान भनी ५० हजार पहिल्यै बुझाएँ । भोलि विदेश जानु छ तर आजसम्म टिकट र भिसा हात नपरेको आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS