![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । आइतबारदेखि सुदुरपश्चिम प्रदेशको धनगढीमा सुरु भएको श्रमाधान रोजगार मेलाको पहिलो दिन एक हजार जनाले रोजगारी प्राप्त गरेका छन् ।
मेलामा २२ सय ५० जनाले रोजगारीका लागि आवेदन दिएका छन् । मेला अवलोकनका लागि आएका एक हजार युवाले रोजगारीका प्राप्त गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव बसन्त बोहोराले जानकारी दिए ।
मेलामा सुदुरपश्चिम प्रदेश नौ वटै जिल्लाबाट युवाहरु रोजगारीबारे जानकारी लिन तथा आवेदन दिनका सहभागी भएका थिए । मेलामा रोजगारीबारे जानकारी लिने युवाहरु, नीजि क्षेत्रका रोजगार दाता, रोजगार सम्बन्धी सरोकारवाला संघ संस्थाहरुको उपस्थिती रहेको थियो ।
मेलामा आन्तरीक रोजगार सम्बन्धित नीजि क्षेत्र,बैदेशिक रोजगार सम्बन्धी जानकारी गराउने सरकारी निकाय,सामाजिक सुरक्षा कोषबारे जानकारी गराउने उदेश्यका साथ ३७ वटा स्टलहरु रहेका छन् ।
FACEBOOK COMMENTS