काठमाडौं । काठमाडौं जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका चार जनालाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
बुधबार जिल्ला अदालतमा प्रहरीले उनीहरुलाई म्याद थपका लागि लगेको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार ललितानिवास जग्गा प्रकरणमा भाटभटेनीका मालिक मीनबहादुर गुरुङ, तत्कालीन मालपोत अधिकृत धर्मप्रसाद गौतम, मालपोत कर्मचारी गोपाल कार्की र भक्तपुर मालपोतका तत्कालीन हाकिम सुधीर शाहलाई पक्राउ गरेको थियो ।
बुधवार सीआईबीले पत्रकार सम्मेलन गरी सो प्रकरणमा हदम्याद नलाग्ने स्पष्ट पारेको छ ।
पत्रकार सम्मेलनमा सीआईबीका एसएसपी दिनेश आचार्यले २०४७ पछिका चरण चरणमा ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना भएको बताए ।
FACEBOOK COMMENTS