काठमाडौं । ललिता निवास जग्गा घोटाला प्रकरणमा भूमि व्यवस्था विभागका पूर्व महानिर्देशक रुद्रबहादुर श्रेष्ठ पक्राउ परेका छन् ।
उनलाई आज काठमाडौंबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी दिनेश आचार्यले बताए ।
श्रेष्ठ २०६० सालमा भूमीसुधार विभागका महानिर्देशक रहेको पाइएको छ । श्रेष्ठसहित यो प्रकरणमा पक्राउ पर्नेको संख्या १५ जना पुगेको छ ।
FACEBOOK COMMENTS