काठमाडौं । ललितपुरको इमाडोलमा सोमबार बिहान इनारमा खसेकी महिलाको उद्धार भइरहेको छ ।
दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान इनारमा खसेकी हुन् । उनलाई उद्धारका लागि अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विपद् व्यवस्थापन टोलीले उनलाई इनारबाट उद्धार प्रयास गरिरहेको छ ।
डोरी दिएर निकाल्न खोजिँदा नसकिएपछि अर्को विधि अपनाइएको छ ।
उनी लुगा सुकाउने क्रममा इनारमाथि चढेकी थिइन् । तर इनारलाई छोपेको स्ल्याब फुटेपछि उनी इनारभित्र खसेकी थिइन् ।
उद्धारका लागि सातदोबाटो प्रहरी बृत्तका डीएसपी उमेश जोशीसहितको टोली जुटेको हो ।
FACEBOOK COMMENTS