काठमाडौं । ललितपुरको इमाडोलमा सोमबार बिहान इनारमा खसेकी महिलाको उद्धार भएको छ ।
करिब साढे दुई घण्टापछि उद्धार गरिएको र उद्धारपछि उनलाई उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएको प्रहरीले जानकारी दिए ।
दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान आज बिहान इनारमा खसेकी थिइन् । उनलाई उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको थियो ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विपद् व्यवस्थापन टोलीले उनलाई इनारबाट उद्धार गरेर उपचारको लागि पाटन अस्पताल लगेको हो।
उनी लुगा सुकाउने क्रममा इनारमाथि चढेकी थिइन्। तर इनारलाई छोपेको स्ल्याब फुटेपछि उनी इनारभित्र खसेकी थिइन् ।
FACEBOOK COMMENTS