ललितपुर । स्थानीय प्रशासनले ललितपुरमा निषेधाज्ञा हटाएको छ ।
जिल्लाको जनजीवन सामान्य बन्दै गएपछि प्रशासनले निषेधाज्ञा हटाएको हो ।
प्रशासनले जिल्लाका विभिन्न भागमा जारी गरेको निषेधाज्ञा आज बिहान ११: ०० बजेबाट हटाइएको जनाएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेश स्थगन गरिएको जानकारी दिनुभएको छ ।
FACEBOOK COMMENTS