काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरा नियुक्त भएका छन् ।
आइतबार बसेको रास्वपा केन्द्रीय सचिवालय बैठकले बोहरालाई प्रवास विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।
यसअघि यो जिम्मेवारीमा डीपी अर्याल थिए । उनी अहिले उपसभामुख बनेर रास्वपाबाट अलग भएपछि पद खाली थियो ।
बोहरा रास्वपामा सभापति रवि लामिछानेका विश्वासपात्रका रूपमा चिनिन्छन् ।