गुलरिया,बर्दिया । ३ अर्बभन्दा माथिको लगानीमा स्थापित लुम्बिनी सिरामिक्स लिमिटेडद्धारा उत्पादित नेपालकै पहिलो र एकमात्र शतप्रतिशत भिट्रिफाइड टायल स्थानीय बजारमा विक्रिवितरणमा आएको छ ।गत भदौंबाट संचालनमा आएको यस उद्योगले हाल ८० प्रतिशतसम्म उत्पादन क्षमताको प्रयोग गरी टायलहरुको उत्पादन गरेको छ भने देशैभरी बलियो वितरण संञ्जालको स्थापनाद्धारा आफ्ना उत्पादनहरुलाई नेपाली उपभोक्ताको लागि बजारमा पठाउन थालेको छ । बर्दियाको गुलरियास्थित करिब १३ विघा क्षेत्रफलमा फैलिएको यस उद्योगमा ३०० जना भन्दा बढी कर्मचारीहरुले रोजगारी पाएका छन् ।
उनका अनुसार कम्पनीका उत्पादनहरु १००% भिट्रिफाइड, लगभग शतप्रतिशत वाटरप्रुफ तथा डिजाइन, गुणस्तर र टिकाउपनमा बजारमा उपलब्ध अन्य टायलहरुभन्दा माथि रहेको छ । यसमा विभिन्न सतह र शैलीका टायल (जस्तै, म्याट, ग्लसी, हाई ग्लोस, ट्रुम्याट र ग्रिप) उपलब्ध रहेको उनले बताए ।
लेमिनार ब्राण्ड नाम दिइएको कम्पनीका भिट्रिफाइड टाइलहरू कडा सतह, उच्चरुपको घनत्वयुक्त शरीर र नगन्य मात्रामा (०.०८ प्रतिशत भन्दा कम) पानी सोस्ने विशेषतायुक्त छन् । सेरामिक टाइलहरूको पानी सोस्ने क्षमता अति उच्च हुने गर्दछ जुन ११ देखि १३ प्रतिशतसम्म पाइने गरिएको कम्पनीले बताएको छ । निकै न्यून मात्रामा पानी सोस्ने भएकै कारण भिट्रिफाइड टाइलहरू दिर्घकालसम्म टिक्ने मात्र नभइ यिनको सतहको डिजाइन र रंग खुइलिँदैन र सँधैभरी नयाँझै आकर्षक देखिने गर्दछ ।
नेपाली टायल बजारको बर्तमान स्थिति
पछिल्लो समय नेपाल टायल उत्पादनमा आत्मनिर्भर बन्ने बाटोतर्फ उन्मुख हुँदै गएको छ । कोभिड–१९ महामारी अघिसम्म पनि नेपालमा उपभोग गरिने करिब ९९% टायल भारतबाट आयात हुने गर्दथ्यो । सन् २०१९ मा नेपालले झन्डै एक हजार पचास करोड रुपैयाँ बराबरको टायल आयात गरेको थियो । महामारीपछि नेपालमा टायल उत्पादन क्षेत्रले उल्लेखनीय प्रगति गरेको छ । यसले गर्दा आयात प्रतिस्थापन सम्भव हुँदै गएको देखिन्छ भने स्थानीय बजारमा टायलको माग र यसप्रतिको आकर्षण क्रमश बढ्दै गइरहेको छ ।
आगामी केही वर्षभित्र नेपालले टायल उत्पादन र खपतमा पूर्ण आत्मनिर्भरता हासिल गर्ने अपेक्षा गरिएको छ । कम्पनीका अनुसार लेमिनार टायलहरू आवासीय एवं ब्यवसायिक भवनहरुमा भित्र र बाहिर, भुइँ र भित्तामा तथा पार्किङ्ग, छत वा बाल्कोनी लगायत सम्पूर्ण स्थानहरुमा प्रयोग गर्न सकिन्छ । भने कम्पनीले ५०० भन्दा बढी प्रकारका डिजाइन, आकार, फिनिश र प्रयोगका आधारमा विभाजित १० वटा संग्रहहरूलाई अगाडी ल्याएको छ ।
कम्पनीले आफ्नो उत्पादन केन्द्रमा बायोग्यास प्लान्टको स्थापना गरी ठोस फोहोर प्रशोधनबाट उत्पादित उर्जाको प्रयोग गरेको छ भने उत्पादन केन्द्रभित्र श्रृजित पानीको शतप्रतिशत प्रशोधन गरी पुर्नप्रयोग गर्ने प्रणालीको विकास गरेको छ जसको कारण यहाँबाट उत्सर्जित पानी वा फोहोर बाहिर निष्कासित हुँदैनन् ।
FACEBOOK COMMENTS