काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघका पूर्व अध्यक्ष बसन्त लम्सालले राजनीतिक पार्टीमा आवद्ध भएका व्यक्तिले लघुवित्त विरुद्ध आन्दोलन गरेको बताएका छन् । आज आयोजित लघुवित्त बैंकर्स संघको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले लघुवित्तका कर्मचारीलाई लुट्ने, कालोमोसो दल्ने काम भएकाले काम गर्ने वातावरण नभएको उनले बताएका छन् । लघुवित्तमा गरिएको लगानी असुरक्षित भएको र यस्तै अवस्था रहे संस्था नै बन्द गर्नुपर्ने अवस्था आएको उनले बताए । लघुवित्तका कर्मचारीलाई लुट्ने, कालोमोसो दल्ने काम भएकाले काम गर्ने वातावरण भएन, लघुवित्तमा गरिएको लगानी असुरक्षित भयो’, उनले भने, ‘यस्तै अवस्था रह्यो भने लघुवित्त संस्था चलाउन सक्दैनौं, बन्द गर्नुपर्ने अवस्था आएको छ ।’
उनले लघुवित्तले गलत गरको भए कानुनी बाटो अपनाएर कारवाही भोग्न तयार रहेको भन्दै अनाहकमा आरोप लगाएर काम गर्ने वातावरण नबिगार्न आग्रह गरेका छन् ।
साथै उनले अप्ठ्यारो परेको बेलामा नेपाल राष्ट्र बैंकले समेत सहयोग नगरेको बताए । उनले लघुवित्त संस्थाले ऋण मिनाहा वा छुट दिन नसक्ने समेत भन्दै यसको लागि राज्य पक्षले मात्रै गर्नसक्ने बताएका छन् ।
FACEBOOK COMMENTS