काठमाडौं । भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पाल्पा र सुनवलमा ७ सय बढी लालपुर्जा बितरण गरेका छन् ।
विशेष नापी कार्यालयले पाल्पा जिल्लाको पहिला पुर्जा बितरण रामपुरमा करिब ५०० जना र नवलपरासीको सुनवलमा सुनवल नगरपालिकाको समन्वय र भुमि समस्या समाधान आयोग जिल्ला कार्यालय नवलपरासीको आयोजनमा करिब २०० जनालाई लालपुर्जा बितरण गरिएको हो ।
लालपुर्जा बितरण कार्यक्रममा मन्त्री अधिकारीले देशभरका भूमि समस्या र अब्यवस्थीत बसोबासीको दीर्घकालीन समाधानका लागी मन्त्रालय र भूमि आयोगले निरन्तर काम गरिरहेको जानकारी गराए । अबको ६ महिना भित्र ७० प्रतिशत भुमिहिनले लालपुर्जा प्राप्त गरिसक्ने मन्त्री अधिकारीको भनाई छ ।
पाल्पामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्य, प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ, नापी बिभागका महानिर्देशक प्रकाश जोशीलगायतका सहभागीता थियो । सुनवलमा मन्त्री अधिकारीसहित भुमि समस्या समाधान आयोगका केन्द्रिय अध्यक्ष हरि रिजाल, सासंदहरु, सुनवल नगरपालिका मेयर बिमला अयार्ललगायतका जनप्रतिनिधि र स्थानीयवासीको सहभागीता थियो ।
FACEBOOK COMMENTS