काठमाडौं । सेयर कारोबारमा साताको दोस्रो दिन पनि पहिरो गएको छ । सेयर बजार परिसूचक नेप्से २४०० को लाइनमा झरेको छ । शेयर लगानीकर्ताको अपेक्षा विपरित नेपाल राष्ट्र बैंकल सेयर धितो कर्जाको सिमालाई यथावत राखेको प्रभाव सेयर बजारमा देखिएको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिपछि सो मार्फत लिएको व्यवस्थाका कारण प्रभावित सेयर बजारको कारोबार सुरु भएको ५० मिनेटको अवधिसम्म नेप्से ६४ अंकले झरिसकेको छ । यसकोे कारण बैंक तथा वित्तीय क्षेत्रमा भएको तरलता अभावको मनोवैज्ञानिक असर पूँजी बजारमा परेको लगानीकर्ता बताउँछन् ।
ओरालो लागेको सेयर बजार देखेर आत्तिएका लगानीकर्ताले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा राष्ट्र बैंकले सीडी रेसियोको विषयमा सम्बोधन गर्ने अपेक्षा पूरा नभएको गुनासो गरेका छन् ।
FACEBOOK COMMENTS