काठमाडौं । बझाङको बुंगल नगरपालिका-१० स्थित टुमेडा गाउँमा अइतबार पहिरोमा परी मृत्यु भएकाको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रतिमृतक एक लाख रूपैयाँ राहत दिने भएको छ ।
गएराति घरमाथिबाट खसेको पहिरोले पुरिएर त्यहाँ एकै परिवारका चार जनाको मृत्यु भएको थियो । अन्य ६ जनाले भने भागेर ज्यान जोगाएका थिए ।
मुख्यमन्त्री कमलबहादुर शाहले पहिरोमा पुरिएर मृत्यु भएकाको परिवारलाई राहतस्वरूप मृत्यु भएका प्रतिव्यक्ति बराबर एक लाख रूपैयाँ राहत दिने घोषणा गरेका हुन् ।
उक्त पहिरोमा परी वीरबहादुर धामीकी श्रीमती, बुहारी र दुई नातिनीको मृत्यु भएको थियो । धामीसहितका अन्य ६ जनाले भने भागेर ज्यान जोगाएका थिए ।
FACEBOOK COMMENTS