काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भारी वर्षापछि शुक्रबार बिहान गएको पहिरोमा परी एकै परिवारका १२ जनाको मृत्यु भएको छ ।
भारी वर्षाका कारण उक्त परिवारको कच्ची घरको छाना खसेको माथिल्लो दिर जिल्लाका राहतकर्मीले बताएका छन् । दुर्घटना हुँदा उनीहरू सबै सुतिरहेका थिए ।
भग्नावशेषबाट शव निकालिएकामध्ये यस परिवारका नौ जना बालबालिका रहेका छन् ।
खैबर पख्तुनख्वामा पछिल्लो एक महिनादेखि भारी वर्षा भइरहेको छ । जसका कारण त्यहाँको बाढीले ठूलो पुल पनि बगाएको छ ।
पहिरोका कारण काराकोरम राजमार्गको एक भाग पनि बन्द गर्नुपरेको छ ।
FACEBOOK COMMENTS