काठमाडौं । पहिलो खेलमा पराजित भएका दक्षिण अफ्रिका र वेस्ट इन्डिज आज आफ्नो दोस्रो खेल खेलिरहेका छन् । प्रतियोगिताको सेमिफाइनलमा आफ्नो स्थान बनाउँनका लागि दुवै टोलीलाई आजको खेल महत्वपूर्ण छ ।
इभान लुइसको अर्धशतकको सहयोगमा वेस्ट इन्डिजले टी–ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकालाई १४४ रनको लक्ष्य दिएको छ । ३५ बल खेलेका लुइसले ३ चौका र ८ छक्का प्रहार गर्दै ५६ रनको अर्धशतकीय पारी खेले ।
निर्धारित २० आभेरमा ६ विकेट गुमाएर १४३ रन बनाउँदा वेस्ट इन्डिजका काइरन पोलार्डले २६ रनको योगदान गरे । लेन्डी सिमोन्सले १६ रन बनाउँदा क्रिस गेलले १२ रनको योगदानगरे ।
दक्षिण अफ्रिकाका डेविन प्रेटोरिउसले ३ विकेट लिए । त्यस्तै केशव महाराजा रसमान दुई विकेट लिँदा कगिसो रबाडा र आनिच नोटरेजले समान एक–एक विकेट लिए ।
यता पहिलो खेलमा ११८ रनमा मात्र सीमित रहेको दक्षिण अफ्रिका आजको खेलमा केही नयाँ मानसिकताका साथ मैदान उत्रनेछ ।
दक्षिण अफ्रिका पहिलो खेलमा अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो । टी–ट्वान्टी विश्वकप क्रिकेटमा दुई टोलीबीच ३ पटक भेट भएको छ । जसमा दक्षिण अफ्रिकाले २ खेलमा जित निकालेको छ भने वेस्ट इन्डिजले १ खेलमा जित निकालेको छ ।
FACEBOOK COMMENTS