काठमाडौँ । दिवंगत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई सरकारले रोजगारी दिएको छ । सुरक्षण मुद्रण कोषमा उनलाई रोजगारी दिइएको हो।
सञ्चारमन्त्री जगदीश खरेलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक देवराज ढुंगानाले उनलाई करार सेवामा काम गर्नेगरी कम्प्युटर अधिकृतको नियुक्ति दिए ।
सो क्रममा उनी भावुक बनेकी थिइन् । पत्रकार रजकको २०८१ चैत १५ मा तीनकुनेमा भएको आन्दोलनमा ज्यान गएएको थियो ।
FACEBOOK COMMENTS