काठमाडौं । चीनको प्रख्यात एसएआईसी मोटर ग्रुपअन्तर्गतको म्याक्सस ब्राण्डको सुविधायुक्त प्रिमियम ईभी नेपाल आएको छ ।
हिमालयन अर्गनाइजेशनअन्तर्गतको हिमालयन मोट्रक्सले उक्त ईभी नेपाल भित्र्याएको हो । हिमालयन मोट्रक्स म्याक्सस मिफा७ एमपीभीको आधिकारिब बिक्रेता हो ।
कम्पनीले यसअघि सोही ब्राण्डको ई–टेरोन९ विद्युतीय लक्जरी पिकअप मनाङमा लञ्च गरिसकेको छ । प्रिमियम ईभी ‘म्याक्सस मिफा७’ लाई आगामी २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने ‘नाइमा मोबिलिटी एक्स्पो’मा लञ्च गरिने कम्पनीले जनाएको छ ।
मिफा७ नेपालमा प्रिमियम कार चढ्नेहरूका लागि अत्यन्त उपयुक्त हुने हिमालयन अर्गनाइजेशनका प्रबन्ध निर्देशक सौरभ थापाले बताए ।
उनका अनुसार ९० किलोवाट आवर ब्याट्री क्षमता रहेको उक्त कारले डीसी फास्ट चार्जर सर्पोट गर्छ । ३० मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज हुने भनिएको यस मल्टी–प्रपोज भेहिकलमा इलेक्ट्रिक स्लाइडिङ ढोका, एईबी, ब्लाइन्ड स्पट मोनिटरिङ, ३६० डिग्री क्यामेरा, लेन–कीप असिस्ट, स्वचालित इमर्जेन्सी ब्रेकिङ, अडप्टिभ क्रुज कन्ट्रोल जस्ता सुरक्षा फिचर्स रहेका छन् ।
साथै यो गाडीले युरो एनसीएपी, सी–एनसीएपी, ए–एनसीएपी मा ५ स्टार रेटिङ पाएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ९० किलोआवरकोे उच्च क्षमताको ब्याट्रीले ६३५ किमीसम्मको उच्चतम दूरी तय गर्ने क्षमता राख्दछ ।
प्रबन्धनिर्देशक थापाका अनुसार यो एक सवारी साधन मात्र होइन, प्रिमियम लाइफस्टाइल स्टेटमेन्ट पनि हो ।
FACEBOOK COMMENTS