काठमाडौं । सन सेक्युरेटिज प्रालिले डिम्याट र मेरो शेयरको खाता लाइफटाइम निःशुल्क सञ्चालन गर्न दिने भएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा कम्पनीले ‘रेमिट डिम्याट’ खाता योजना सञ्चालन गरी विश्वभर छरिएर रहेका नेपाली श्रमिकलाई लाइफटाइम निःशुल्क डिम्याट र मेरो शेयरको सुविधा उपलब्ध गराउन लागेको हो ।
यो योजनाबाट विदेशमा बस्ने सम्पूर्ण नेपालीहरूलाई नेपाली पूँजी बजारमा लगानीका लागि आवश्यक रहने डिम्याट खाता, मेरो शेयर तथा ब्रोकर खाता निःशुल्क खोल्ने तथा आजीवन निःशुल्क सञ्चालन गरी कारोबार गर्न पाउने छन् । यो सेवाको मद्दतबाट विदेशमा रहेर आफ्नो पेशाबाट धेरथोर रकम जम्मा गरी नेपालको पूँजीबजारमा लगानी गर्न सहयोग पुगोस् भनेर यो सेवाको सुरूवात गरेको कम्पनीले जनाएको छ ।
सनको ‘मिसन ०८४, एक नेपाली एक ब्रोकर खाता’को अभियानलाई सार्थकता दिने क्रममा विदेशमा रहेका नेपालीहरूका लागि सञ्चालन गरेको यो रेमिट डिम्याट खाता विदेशमा रहेका श्रमिकका साथै विदेशमा रही अध्ययन तथा अन्य विभिन्न पेशामा आबद्ध नेपालीहरूले समेत खोल्न सक्ने कम्पनीले जनाएको छ ।
कसरी खोल्ने खाता ?
कम्पनीको वेबसाइट www.sunsecurities.com बाट open account मा गएर वा सिधा https://www.sunsecurities.com/portal.html बाट रेमिट डिम्याट खाता छनोट गरी आवश्यक कागजातहरू संलग्न गरी खाता खोल्नुका साथै सन सेक्युरिटिजका कर्मचारीहरूसमक्ष भिडिओमा उपस्थित भई भिडिओ केवाईसी भेरिफाई गर्न सक्ने वा स्वयम्ले भिडियो केवाईसीमा दिइएको निर्देशनहरूको पालना गरी भिडिओ केवाईसी भेरिफाइ गरी खाता खोल्न सकिने व्यवस्था कम्पनीले गरेको छ ।
कम्पनीले निकट भविष्यमै यस प्रडक्टमा आबद्ध हुने ग्राहकहरूका लागि बैंक वित्तिय संस्थासँगको सहकार्यमा बैंक खाता, सिआस्बा रजिष्ट्रेसन तथा कनेक्ट आईपीस समेत प्रदान गर्ने उद्देश्यले तयारी गरिरहेको छ । जसबाट ग्राहकहरूले एकद्वारबाटै पूँजी बजारमा सहभागिताका लागि आवश्यक सबै सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।
‘रेमिट डिम्याट खाता’को माध्यमबाट परदेशमा रहेर नेपालको पूँजी बजारमा उचित ढंगबाट लगानी गर्न सके विदेशमा बस्दा कमाएको स–सानो बचतबाट भविष्यमा उनीहरूको आर्थिक आत्मानिर्भरता र आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास कम्पनी गरेको छ ।
FACEBOOK COMMENTS