काठमाडौं । राष्ट्रिय सभाबाट संघीय निजामती सेवा विधेयक, २०८० पारित भएको छ । मंगलबारको राष्ट्रिय सभाको बैठकले निजामती विधेयक सर्वसम्मतले पारित गरेको हो ।
विधायन व्यवस्थापन समितिले आजै पारित गरेर राष्ट्रिय सभामा पेश गरिएको यस विधेयकले कुलिङ पिरियड समबन्धि प्रतिनिधिसभामा भएको त्रुटिलाई सच्याएको छ ।
प्रतिनिधि सभाबाट पारित भएर आएको यस विधेयकमा ४३ सांसदहरुले १९३ बुँदामा संसोधन प्रस्ताव दर्ता गराएका थिए भने १४७ दफामा रहेको यस विधेयकलाई समितिले प्रस्तावनासहित ९८ दफामा संशोधन र एक दफा र एक अनुसुची थप गरेर समितिले परिमार्जन गरेको थियो ।
FACEBOOK COMMENTS