काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका छन् ।
यसअघि उद्योग, कानूनलगायत तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका मन्त्री सिन्हालाई थप संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
उनले आज मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । यसअघि उनले सम्हाल्दै आएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कुमार इमनाङलाई मन्त्री बनाइएको छ । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रधानमन्त्री मातहतमै थियो ।
मन्त्री सिन्हाले मन्त्रालयको जिम्मेवारी सम्हाल्दै पर्यटन क्षेत्रको विकास, हवाई सुरक्षाको सुदृढीकरण तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।
FACEBOOK COMMENTS