काठमाडौं । हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज शनिबार मनाइँदै छ ।
धनवन्तरी जयन्ती भने कात्तिक ६ गते आइतबार परेको छ । यो दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ ।
धन सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिएको छ । यस दिन मानिसले मूल्यवान धातुका साथमा नयाँ भाँडा कुडा र गरगहना किन्ने गर्छन् ।
तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पंचांग निर्णायक समितिले जनाएको छ ।

FACEBOOK COMMENTS