काठमाडौं । लक्ष्मी ग्रुपले ‘ल्याक्सपिरियन्स’ आयोजना गरेको छ । वितरक कम्पनीको उदेश्य गाडी विक्री गर्नु मात्र नभई ग्राहकसंगको सुमधुर सम्बन्ध बनाउनु पनि कम्पनीको दायित्व हो भन्ने उदेश्यका साथ ल्याक्सपिरियन्सको आयोजना गरेको हो ।
विशेषगरि लक्ष्मी ग्रुपको गाडी किन्ने वा किन्ने योजनामा रहेका ग्राहकलाई लक्षित गरि आयोजना गरिएको ल्याक्सपिरियन्समा उक्त वितरक कम्पनीको बिएमडब्लु , हुन्डाई, फोर्थिङ र काइयी जस्ता चार वटा मोडल रहेको छ ।
जहाँ उक्त गाडीको टेस्ट ड्राइभको व्यवस्था समेत कम्पनीले गरेको छ । त्यसैगरि कम्पनीले ग्राहकसंग प्रतिकृया समेत लिएको हो ।
FACEBOOK COMMENTS