काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ० दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित नगद लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण हुनेछ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा भने यस बैंकले ४ प्रतिशत बोनस र ० दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
FACEBOOK COMMENTS