काठमाडौं। डा. जेन गुडालको नेतृत्वमा लक्ष्मी सनराइज बैंकले ‘नेटिभ पकेट वन’ वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
वातावरणीय दिगो विकास र स्थानीय जैविक विविधता सुधारको उद्देश्यले काठमाडौंको टिका विद्याश्रम उच्च माध्यमिक विद्यालयमा २५० रुख रोपिएको हो।
यो कार्यक्रम जेन गुडाल इन्स्टिच्युट नेपाल, लक्ष्मी सनराइज बैंक, टिका विद्याश्रम उच्च माध्यमिक विद्यालय, र रेवोल्युसन प्रोजेक्टको सहकार्यमा सम्पन्न भएको हो। वृक्षारोपण मियावाकी प्रविधिको प्रयोगबाट गरिएको छ, जसले छोटो समयमा घना वन सिर्जना गर्दै जैविक विविधता बढाउने मात्र नभएर स्थानीय पर्यावरणलाई सुदृढ बनाउँछ।
विश्वविख्यात वातावरणविद् डा। जेन गुडालले कार्यक्रममा सहभागी भई वृक्षारोपण पहलप्रति आफ्नो समर्थन व्यक्त गरिन्। उनले वातावरणीय शिक्षा र दिगो विकासमा यस परियोजनाको योगदानको प्रशंसा गर्दै लक्ष्मी सनराइज बैंकको हरित संरक्षणप्रतिको प्रतिबद्धतालाई उच्च सम्मान व्यक्त गरिन्।
लक्ष्मी सनराइज बैंकको आर्थिक सहयोगमा सम्पन्न यस परियोजनाले बैंकको गत महिना आयोजित नवौं आमन्त्रण गल्फ प्रतियोगितामा १००० रुख रोप्ने प्रतिबद्धताको एक अंश पूरा गरेको छ। रेवोल्युसन प्रोजेक्टका विशेषज्ञहरूको नेतृत्वमा सम्पन्न यस पहलले स्थानिय समुदाय र विद्यार्थीहरूलाई प्रकृतिसँग दीर्घकालीन सम्बन्ध प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।
यो परियोजनाले वातावरणीय संरक्षणका लागि वातावरणविद्, व्यवसाय र शैक्षिक संस्थाहरू बीचको सहकार्यको महत्त्वलाई उजागर गर्दै सामूहिक प्रयासहरूको सफलता प्रदर्शन गरेको छ।
FACEBOOK COMMENTS