काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १०.५३% लाभांश प्रस्ताव गरेको छ ।
हिजो आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई १०% बोनश शेयर र कर प्रयोजनका लागि ०.५३% नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि लक्ष्मी सनराइज कैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई वितरण गरिने छ ।
FACEBOOK COMMENTS