काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न भौतिक संरचनामा भएको क्षतिको पुनर्निर्माणमा लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले सहयोग गर्ने भएको छ ।
ओम शिवम पाइप्स एन्ड फिटिङ्स र मेरीगोल्ड फर्निचरको मातहतमा रहेको कम्पनीले आगामी तीन महिनासम्मको आफ्नो कुल बिक्रीको १ प्रतिशत रकम राष्ट्रको पुनर्निर्माणमा योगदान गर्ने घोषणा गरेको हो ।
‘यो हाम्रो देश हो, यसको सम्पत्ति र संरचना हाम्रो गौरव हो’ कम्पनीका प्रबन्ध निर्देशक अञ्जनी नन्दन मारुले भने ‘हामी पुनर्निर्माणका हरेक प्रयासमा पूर्ण समर्पणसहित अघि बढ्न तयार छौं। यही हाम्रो दायित्व र प्रतिबद्धता हो।’
FACEBOOK COMMENTS