काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार (भोली) सार्वजनिक विदा हुने भएको छ ।
सरकारले भोटे जात्राको अवसरमा जेठ ११ गते, बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
राष्ट्राध्यक्षको उपस्थितिमा हरेक वर्ष ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने प्रचलन छ ।
मच्छिन्द्रनाथको जात्रा एक हजार ३०० वर्षअघि नै शुरु भएको मानिन्छ । तर, भोटो देखाउने जात्रा कहिलेदेखि सुरु भयो भने यकिन छैन ।
FACEBOOK COMMENTS