काठमाडौँ । लेबनानमा इजरायलले गरेको आक्रमणमा मृत्यु हुनेको संख्या बढेर ३९४ पुगेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मृतकमध्ये ८३ जना बालबालिका पनि रहेका छन् ।
मन्त्रालयले आक्रमणमा परेर १ हजार १३० भन्दा बढी मानिस घाइते भएको जनाएको छ । घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ भने धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।
इजरायल र हिज्बुल्लाहबीच जारी संघर्षका बीच पछिल्ला दिनमा लेबनानमा आक्रमण झनै तीव्र भएको छ ।
FACEBOOK COMMENTS