काठमाडौं । सार्वजनिक लेखा समिति सभापति (ज्येष्ठ सदस्य) अर्जुनरसिंह केसीले समितिले गर्ने हरेक काम सार्वजनिक गर्न समिति सचिवलाई निर्देशन दिएका छन् ।
मंगलबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको पहिलो बैठकमा बोल्दै सभापति केसीले देशको अर्थतन्त्रमा देखिएका अनियमिता र भ्रष्टाचारलाई निमुर्ल गर्न कसिएर बसेको समितिले गरेका काम आम जनताले थाहा पाउन आवश्यक रहेको भन्दै अब समितिले गर्ने हरेक काम सार्वजनिक गर्न निर्देशन दिएका हो । उनले सार्वजनिक लेखा समितिले गर्ने हरेक कार्यहरु सार्वजनिक गर्न आवश्यक रहेको बताए ।
उनले, सार्वजनिक लेखा समितिका सभापति वा सदस्यहरु पार्टी भन्दामाथि उठेर काम गर्नुपर्ने छ । निष्पक्ष, यथार्थ र भ्रष्टाचार विरुद्धको अभियन्ताको रुपमा लेखा समितिलाई स्थापित गर्नु अहिलेको आवश्यकता छ । उनले पछिल्लो समय नीतिगत निर्णयको नाममा सबै राजनीतिक दलहरुबीच आम सहमति गर्ने अवस्था देखिएको भन्दै अब त्यस्तो भए स्वीकार गर्न हुदैन । भ्रष्टाचारका सम्बन्धमा संसदीय समिति र सदनमा कुरा उठाउन पर्छ ।
सभापति केसीले बैठकमा बोल्दै अहिले एकपछि अर्को गर्दै भ्रष्टाचारका काण्डहरु बाहिर आएको भन्दै सरकारले निष्पक्ष छानबिन गर्न सक्नुपर्ने बताए । उनले सरकारको बेरुजुको ७५ प्रतिशत भ्रष्टाचार भएको बताए । उनले अहिले १ खर्ब १५ अर्ब ५ करोड बेरुजु रहेको भन्दै मुलुकको अर्थतन्त्र कहाली लाग्दो अवस्थामा रहेकोमा जोड दिए । उनले सार्वजनिक लेखा समितिले सार्वजनिक नीतिगत निर्णयको परिभाषा दिन आवश्यक रहेको बताए ।
उनले पार्टीका प्रमुख नेताहरु मिलेपछि जुनसुकै पनि नीतिगत निर्णय हुने अवस्थाको अन्त्य गर्न आवश्यक रहेको छ । उनले नीतिगत निर्णयको आडमा नै भ्रष्टाचारका धेरै काण्डहरु लुकेर बसेको बताए । उनले नीतिगत निर्णयका विषयमा सार्वजनिक लेखा समिति खरो रुपमा उत्रनुपर्नेमा जोड दिए ।
FACEBOOK COMMENTS