विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिकाको एक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन् ।
विद्यालयको शौचालयमा भित्र आगो लगाएर विद्यालयका लेखापाल मनिल ढकाल गम्भीर घाइते भएका हुन् ।
उनलाई शौचालयबाट उद्वार गरी कोशी अस्पताल बिराटनगर लगिएको मोरङ प्रहरीले जनाएको छ । उनी घरबाट विद्यालय जाने भनी बिहानै घरबाट निस्किएका थिए ।
विद्यालयमा बिहान ढकाल भन्दा अरु नभएकाले आफैले आगो लगाएको हुनसक्ने मोरङ प्रहरीका डीएसपी रन्जनकुमार दाहालले बताए ।उनले घटनाको बिषयमा अनुसन्धान भैरहेको बताए। घाइते ढकालको अवस्था गम्भीर छ ।
सुन्दर हरैचा नगरपालिकाका मेयर केदार प्रसाद गुरागाईले बिहान कोही नभएको अवस्थामा विद्यालयमा गएर आत्महत्याको प्रयास गरेको बताए ।
विराटनगरमा उपचार हुन नसक्ने भएपछि थप उपचारका लागि काठमाडौ लगिएको छ । एम्बुलेन्सबाट काठमाडौ पठाइएको विद्यालयका प्रधानध्यापक दुर्गा गुरागाईले बताए ।
FACEBOOK COMMENTS