काठमाडौं । न्यायको खोजी गर्दै बाँकेका महिलाहरु पैदलै काठमाडौं आएका छन् ।
न्याय माग्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं आइपुगेकाहरूको खुट्टामा फोका उठेको छ । १४ जना महिलाको टोली न्यायको खोजीमा हिँडेरै काठमाडौँ आएका उनीहरुले शुक्रबार माइतीघरमा शान्तिपुर्ण धर्ना दिदा प्रहरीले उठाएर लगेको थियो ।
बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको घटनामा अनुसन्धान नगरेको र नजिकैको परस्पुरगाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा पनि प्रहरी र प्रशासनले चासो नदेखाएको भन्दै केन्द्र सरकारको ध्यानाकर्षण गराउन काठमाडौं आएको उनीहरुको भनाई छ ।
उनीहरुले बाँके जिल्लाका एसपी श्यामकृष्णा अधिकारी तथा डिएसपी मधुसुधन न्यौपानेलाई विभागीय कारवाही गर्न पनि माग गरेका छन् । काठमाडौं आएकी राष्ट्रिय महिला अधिकार मञ्च बाँकेकी उपमहासचिव रुवी खानले दुई घटनामा जाहेरी दिएको ९ महिना बित्दा पनि बाँके प्रशासन मौन रहेपछि आफुहरु बाध्य भएर काठमाडौ आउनुपरेको बताइन् ।
हामि ‘सबैले यो कुरा थाहा पाऊन् र न्यायका निम्ति हामी कतिसम्म गर्न तयार छौं भन्ने बुझुन् भनेर हिँडेरै आएका हौं ।’
उनीहरूले काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई भेटने योजना बनाएका छन् । रुबीले खुट्टाभरि उठेका फोकाको दुखाइ सहँदै भनिन्, ‘उहाँहरूलाई हामी घटनाको सबै कुरा बताउँछौं र न्याय कसरी पाएनौं भनेर भन्छौं ।’
FACEBOOK COMMENTS