काठमाडौं । पछिल्लो केही दिनयता कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
कोरोना भाइरसको संक्रमण बढ्न थालेकाले सचेत रहन सरकारले आग्रह गरेको हो । मन्त्रालयले सबै कार्यालय तथा भिडभाड हुने स्थानमा अनिवार्य मास्कको प्रयोग गर्न, प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था गर्न, विमानस्थलसहित सबै यातायातमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ ।
त्यस्तै, गोष्ठी सेमिनार, बैठकजस्ता भिडभाड हुने कार्यक्रममा मास्क र स्यानिटाइजरको प्रयोग गर्न, विद्यालय, धार्मिक स्थल, व्यवसायिक तथा मनोरन्जनस्थल, स्टेडियम आदिमा मास्कको प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले स्वास्थ्य संस्थाहरूमा संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको आवश्यक व्यवस्थापन गर्न, खोप कार्यक्रमलाई प्रभावकारी बनाउन, हवाई तथा स्थलगत अन्तरराष्ट्रिय नाकाहरूमा निगरानी बढाउन, नमूना परीक्षण कार्यलाई प्रभावकारी बनाउन र संक्रमण भई होम आइसोलेसनमा बस्न समस्या भएमा संस्थागत आइसोलेसनहरूमा जान पनि अपिल गरेको छ ।
FACEBOOK COMMENTS