काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा आफ्नो प्रतिनिधित्व व्यक्तिको जित नभई परिवर्तनका पक्षमा व्यक्त अभिमत भएको बताएका छन् ।
उनले मतदाता समक्ष गरेका बाचा पूरा गरेरै छाड्ने दृढतासमेत व्यक्त गरेका छन् । आफू बदलिएको जनादेशको मनोविज्ञानलाई बुझेर अघि बढ्नु पर्ने पक्षमा रहेको बताएका शर्माले केही दिनअघि आफू काठमाडौँ पुगेर त्यसको पेस्की भूमिका निर्वाह गरेको उल्लेख गरे । उनले जनादेशलाई गणितीय जोडघटाउ मात्रै नभएर विकासका लागि सुम्पिएको अभिभाराका रूपमा दिनुपर्ने बताए ।
‘लोपोन्मुख तथा अल्पसंख्यक समुदाय, महिला, मजदुर सबै व्यक्तिले देश विकासमा आआफ्नो स्थानबाट योगदान गरिरहनु भएको छ,’ शर्माले भने, ‘देश बनाउने काम मन्त्री र प्रधानमन्त्रीको मात्रै होइन, देश बनाउने भूमिका सबैले निर्वाह गरिरहेको हुन्छ ।’
उनले देश बनाउने भूमिका प्रधानमन्त्रीलाई दिने पद्धति नै बदल्नु पर्नेमा जोड दिए। भोट दिएर जिम्मेवारी सकिने होइन मतदाता र उपविजेताको काम कहिल्यै नसकिने बताए ।
देशलाई जोगाउन काम गर्ने हरेक व्यक्तिलाई आफूले सम्मान गर्न चाहेको शर्माको तर्क छ । एउटै व्यक्ति पटक पटक प्रधानमन्त्री बन्ने कुराले रूपान्तरण नहुने उनले बताए ।
काँग्रेस पार्टी सभापतिका अघि कयौँ विकल्प रहेको उनले बताए । देशमा युवा पुस्ताको नेतृत्वका लागि संसदीय दलमा छलफल घनिभूत बनाउने आफ्नो लक्ष्य रहेको उनले सुनाए । आफू सांसद, मन्त्री मात्रै होइन देशको प्रधानमन्त्री बन्ने र विकास गर्ने योजनामा रहेको उनले बताए ।
FACEBOOK COMMENTS