काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तिहार पर्व, तथा भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना दिएका छन् ।
यमपञ्चकको पाँचौं दिन मनाईने यस पर्वमा मानवजीवनका अनेक पक्षसँग गाँसिएका पशुपंक्षी र वनस्पतिलाई सम्मान स्वरूप पूजा गर्ने प्रचलन रहेको छ । पाँचदिनसम्म मनाईने तिहारमा हरेकका घरघरमा काग, कुकुर, गाई, गोवद्र्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिमदिन भाइटीका लगाउने परम्परा रहेको छ । तिहारको अन्तिमदिन मनाईने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीकाबीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउने विश्वास रहेको छ ।
यस पर्वको अभिन्नअंगको रूपमा रहेको देउसी÷भैलो खेल्ने साँस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुतालाई सुदृढ बनाउँदै आएको छ । चाडवाडका नाममा हुने गरेका केही नकारात्मक पक्षहरुलाई भने हामीले हटाउनु आवश्यक छ ।
‘औचित्य र आवश्यकताको वास्तै नगरी, आफ्नो सामथ्र्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजुल खर्चमा हौसिनेजस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइनन्’ ओलीले शुभकामना सन्देशमा भनेका छन् ‘यस्ता अभ्यासलाई सच्याएर हाम्रा चाडपर्वहरुलाई मितव्ययी र उचित बनाउन हामी सबै सजग र सचेत रहनु आवश्यक छ ।’
सरकारको नेतृत्वमा रहंदा नेकपा (एमाले)ले जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत् मुलुकको विकास र समृद्धिको नेतृत्वदायी भूमिका निर्वाह गरेको जनाएका छन् । देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्र्न नयाँ संविधान अनुरुपका संरचनागत, भौतिकपूर्वाधार र मानवीयविकासका क्षेत्रमामुलुकलाई नवनिर्माणको चरणमा प्रवेश गराएको उल्लेख छ ।
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा साकार पार्ने हाम्रो यस अभियानमा खडा गरिएका व्यवधान र राजनीतिक तथा समाजिक वृत्तमा परिव्याप्त नकारात्मक प्रवृत्तिहरुलाई एकतावद्ध भएर परास्त गर्ने दिशामा अघि बढ्न सबैमा आह्वान गरेका छन् ।
FACEBOOK COMMENTS