काठमाडौं । विश्वको प्रतिष्ठित डिजाइन हाउस शंघाई लन्च अटोमोटिभको पहिलो प्रिमियम एसयूभी कार ‘एलईभी–०१’ नेपाल आउने भएको छ ।
वेबोर ग्रुप अन्तर्गतको नेक्सन वेञ्चर्स प्रालिले सो कार नेपाल ल्याउन लागेको हो । शंघाई लञ्च अटोमोटिभले आफ्नो पहिलो राइट ह्याण्ड ड्राइभ मोडलको रुपमा तयार पारेको प्रिमियम एसयूभी एलईभी–०१ नेपालमा आउने तयारीमा छ ।
वेबर ग्रुपले नेपाली बजारमा एलईभी–०१ को सुरुवात गर्दैछ, जसले विद्युतीय सवारीको भविष्यतर्फको सकारात्मक कदम चालेको छ । यसले वातावरणमैत्री ड्राइभिङ अनुभव उपलब्ध गराउने छ र नेपाली अटोमोबाइल उद्योगको विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताइएको छ ।
यसले उच्च गुणस्तरीय सेवा प्रदान गरेर ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिने लक्ष्य राखेको छ भने ग्राहकको विश्वास प्राप्त गर्न बिक्रीपछि सेवा र प्राविधिक सहयोग पनि उपलब्ध गराउने बताएको छ ।
प्योर ईभी प्लेटफर्ममा निर्मित प्रिमियम इलेक्ट्रीक एसयूभी एलईभी–०१ को लम्बाई ४६४० एमएम, चौडाई १८७० एमएम, उचाई १६५५ एमएम रहेको छ । यसको ह्वीलबेस २७६० एमएम छ । १९ इन्चको ह्वील रहेको एलईभी–०१ को ग्राउण्ड क्लियरेन्स १९० एमएम छ ।
यसमा ६७.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री र ९९ किलोवाटको मोटर छ । यसले ५००+ किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ । डीसी फास्ट चार्जरको प्रयोग गरी यसलाई ३५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
कमेडी च्याम्पियनका विजेताले पुरस्कारमा इलेक्ट्रिक कार ‘नेटा–भी’ पाउने, कहिले हुँदैछ ग्राण्ड फिनाले ?
FACEBOOK COMMENTS