काठमाडौं । सीजी इलेक्ट्रोनिक्स अन्तर्गत एलजी नेपालले हालैका बाढी र पहिरोबाट क्षति पुगेका इलेक्ट्रोनिक्सको निःशुल्क एक्सचेन्ज र मर्मत सेवा प्रदान गरिरहेको छ।
यो सेवा प्रदान गर्न, कम्पनीले एलजीको सहायता सेवा नामक मर्मत सहायता कार्यक्रम सुरु गरेको छ, जसअन्तर्गत बाढी र पहिरोबाट प्रभावित भएका वारेन्टीभित्रका उत्पादनहरूको निःशुल्क मर्मत गरिनेछ।
कम्पनीका अनुसार यो योजना एलजीका सबै उत्पादनहरूमा लागू हुनेछ। यस अभियानअन्तर्गत ग्राहकहरूले १०० प्रतिशत निःशुल्क सेवा र स्पेयर पार्ट्स पाउनुका साथै आफ्नो क्षतिग्रस्त उपकरणहरू साट्नको लागि उत्कृष्ट मूल्य प्राप्त गर्ने सुविधा पाउनेछन्। यो योजना कात्तिक ९ सम्म मान्य हुनेछ, र ग्राहकले यस अवधिभित्र आफ्नो समस्या दर्ता गराउनु पर्नेछ।
सेवाका लागि निम्न १६६०-०१-००२११ वा ०१-५९७०२११ हेल्प लाइनहरूमा सम्पर्क गरी दर्ता गर्न सकिने छ।
FACEBOOK COMMENTS