काठमाडौं । चौधरी ग्रुपअन्तर्गत नेपालमा एलजी उत्पादनका अधिकारिक आयातकर्ता तथा वितरक सीजी इलेक्ट्रोनिक्सले ४३ इन्च, ५५ इन्च र ६५ इन्चका साइजमा नयाँ एलजी नानोसेल टीभी सार्वजनिक गरेको छ । यो नयाँ थप टीभीले नेपालमा उपलब्ध एलजीको उन्नत टेलिभिजन मोडेलहरूको दायरा बढाएको छ, जसमा ३२” देखि ८६” सम्मका ओएलईडी टीभी, क्यूएनईडी टीभी, यूएचडी टीभी र स्मार्ट टीभीहरू समावेश छन् ।
एलजीका नानोसेल टीभीहरूमा विशेष नानोसेल लेयर प्रयोग गरिएको छ, जुन प्रविधिले उन्नत रङको शुद्धताका साथ तस्बिरको गुणस्तरमा क्रान्ति ल्याएको छ । यसको न्यानोपार्टिकल्सले सुस्त टोनहरू फिल्टर गरेर तीक्ष्ण टोनहरूबाट गहिरो, जीवन्त रङहरू प्रदान गर्दछ । यसको सटिक पिक्सेल पंक्तिबद्धता र केवल एक नानोमिटरको दूरीले गर्दा स्क्रिनमा एकरूपता सुनिश्चित गर्दछ र फराकिलो दृश्य कोणहरूमा पनि छविको गुणस्तर कायम राख्छ ।
अनावश्यक प्रकाशलाई सोसेर नानोसेलहरूले चित्रको गुणस्तरको ह्रासलाई कम गर्दछ, सुस्त वा धमिलो नगरी बोल्ड, जीवन्त रङहरू प्रदान गर्दछ । आईपीएस प्रविधिमा निर्माण गरिएको नानोसेल डिस्प्लेहरूले टोनहरूको दायरा विस्तार गर्दछ, जीवन्त छविहरूका लागि एक अर्बभन्दा बढी रङहरूलाई सपोर्ट गर्दछ र वाइड भ्युइङ एंगल पनि प्रदान गर्दछ । त्यसैले समूह भेला र साझा अवलोकन अनुभवहरूका लागि नानोसेल टीभी एउटा उत्कृष्ट विकल्प हो । यसको आविष्कारले जीवन्त र गतिशील दृश्यहरूका लागि आरजीबी रङलाई अझ फिल्टर गरेर रातो र हरियो रङलाई परिष्कृत गर्दछ । नानोसेल टीभीले जीवन्त रङ र फराकिलो स्क्रिन कोणहरू प्रदान गर्ने र दिनको समयमा हेर्नका लागि उत्कृष्ट भएकाले यसलाई ओएलईडी टीभीको किफायती विकल्पका रूपमा लिन सकिन्छ । नानोसेल टीभीहरूमा एलईडी टिभीहरू भन्दा धेरै शार्पनेस हुन्छ ।
अत्याधुनिक फोरके नानोसेल अल्फा फाइभ एआई प्रोसेसर जेन सेवेन टेक्नोलोजीले सुसज्जित यी नानोसेल टीभीहरूले जीवन्त तस्बिर गुणस्तरका लागि एआई-सञ्चालित फोरके अपस्केलिङ, एआई ब्राइटनेस कन्ट्रोल र नानो कलरका साथ इमर्सिभ दृश्य अनुभव प्रदान गर्दछ । एचडीआर टेन, एचएलजी र फिल्ममेकर मोड जस्ता सुविधाहरूले दृश्य अनुभवलाई अझ बढाउँदछ, जबकि एआई साउन्ड प्रो र क्लियर भ्वाइस प्रोले अडिओ आउटपुटलाई समृद्ध पार्दछ, जसले प्रत्येक ध्वनि विवरण स्पष्ट र शक्तिशाली छ भनेर सुनिश्चित गर्दछ ।
एलजी नानोसेल टीभीले नेपाली बजारमा नवीनतम स्मार्ट टेक्नोलोजी पनि ल्याएको छ, जसमा वेबओएस २४, एलजी थिनक्यू र अमेजन अलेक्सा, एप्पल एयरप्ले आदि जस्ता लोकप्रिय प्लाटफर्महरू सपोर्ट गर्दछ । गेम अप्टिमाइजर, इन्टेलिजेन्ट भ्वाइस रिकग्निसन र म्याजिक रिमोट जस्ता अतिरिक्त सुविधाहरूका साथ यी टीभीहरूले आधुनिक नेपाली घरपरिवारको विविध आवश्यकताहरू पूरा गर्दछ । एलजी नानोसेल टीभीले वेबओएस रेन्यू प्रोग्राम पनि प्रदान गर्दछ, जसले ग्राहकहरूले टीभी खरिद गरेपछि पाँच वर्षसम्म वेबओएस अपग्रेडहरू प्राप्त गर्ने सुनिश्चित गर्दछ ।
सीजी इलेक्ट्रोनिक्सले नो कस्ट ईएमआई सेवा, एक्सचेन्ज सेवा, कम्पनीको २-१-१ नीतिमार्फत बिक्रीपश्चातको सेवा, तीन वर्षको पूरा वारेन्टी जस्ता ग्राहक लाभहरू पनि प्रदान गर्दछ । ग्राहकहरूले एलजी शपिङ स्टोरहरू, सीजी डिजिटल स्टोरहरू, ई-कमर्स साइट सीजी डिजिटल डटकम डट एनपी र नेपालभरि विस्तृत डिलर नेटवर्कमार्फत एलजीको इनोभेटिभ टीभीहरूको पूर्ण अनुभव गर्न सक्दछन् ।
FACEBOOK COMMENTS