काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आज रोल्पाको लिबाङबाट चुनावअघिको अन्तिम सार्वजनिक सम्बोधन गर्ने भएका छन् ।
दिउसो १ बजेदेखि रोल्पा सदरमुकाम लिबाङ टुँडिखेलमा आयोजना हुने चुनावी सभामा प्रचण्डसँगै नेता वर्षमान पुन लगायत पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ ।
रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका प्रचण्डले नेकपालाई किन मत दिने भन्ने बारेमा आफ्नो धारणा राख्ने बताइएको छ ।
सभामा पूर्वसभामुख कृष्णबहादुर महरा र ओनसरी घर्तीमगरलगायत नेताहरूको पनि सम्बोधन रहने जानकारी दिइएको छ ।
FACEBOOK COMMENTS