काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको वार्षिक साधारण सभा आज हुदैछ ।
सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विषयमा छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।
यो पटक कम्पनीले सेयरधनीको हात खाली बनाएको छ । सभा प्रयोजनका लागि कम्पनीले जेठ ३२ गते बुक क्लोज गरेको छ । जेठ ३१ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
सभा, नेपाल प्रशाासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरमा बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ ।
FACEBOOK COMMENTS