काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले हकप्रद सेयर निष्कासन गरेको छ ।
कम्पनीले ८८.४५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले १ः०.८८४ प्रतिशत अनुपातमा प्रतिकित्ता सय रुपैयाँका दरले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गरेको छ ।
कम्पनीले कात्तिक ९ गते बुक क्लोज गरिसकेको छ । कात्तिक ८ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पानेछन् । सेयरमा आवेदन दिन समय पुस २ गतेसम्म रहेको छ ।
यसको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । हकप्रद सेयरमा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका साथै इन्स्योरेन्स कम्पनीको स्टार मल, पुतलीसडक तथा देशभरका सबै शाखाबाट आवेदन दिन सकिनेछ ।
साथै धितोपत्र बोर्डबाट सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ । हकप्रद सेयर निष्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।
FACEBOOK COMMENTS