काठमाडौं । नयाँ स्टक एक्सचेञ्ज लाइसेन्सको अनुमतिका लागि तेस्रो कम्पनी पनि नेपाल धितोपत्र बोर्डमा पुगेको छ ।
धितोपत्र बोर्डका अनुसार अन्नपुर्ण स्टक एक्सचेञ्जले लाईसेन्स अनुमतिका लागि आवेदन दिएको हो ।
यसअघि हिमालयन स्टक एक्सचेञ्ज र नेशनल स्टक एक्सचेञ्जले अनुमतिका लागि बोर्डमा आवेदन दिइसकेका छन् ।
नयाँ स्टकको अनुमतिका लागि आवेदन दिने समय साँझ पाँच बजेसम्म छ ।
देशका ठूला उद्योगी व्यवसायीहरु हिमालयन स्टक एक्सचेजमा आवद्ध भएका छन् भने नेशनल स्टक एक्सचेन्जमा पनि ठूला व्यवसायिक घरानहरुको आवद्धता रहेको छ ।

अन्नपूर्ण स्टक एक्सचेन्जमा अन्नपूर्ण मिडिया हाउसका संचालक रामेश्वर थापा प्रमुख लगानीकर्ता रहेको खुलेको छ।

थापाको अगुवाईमा दर्ता भएको यो कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नारायण पौडेल रहेका छन्। यो कम्पनीमा ठूला व्यवसायिक घरानाको सहभागिता कम छ।