काठमाडौँ । प्रधानसेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी प्रकाश राज थापालाई जंगी अड्डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
प्रधानसेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका २ जना महासेनानीहरुलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।
कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, अधिकृत लगायत पदोन्नति भएका रथीवृन्दहरुको परिवारजनको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS