काठमाडौं । भारतबाट नेपाल आएका प्रसिद्ध लाइफ कोच तथा आध्यात्मिक मार्गदर्शक Sanjiv Malik ले नेपालमा एकदिने ध्यान शिविर सफलतापूर्वक सञ्चालन गरेका छन् ।
उनी फेब्रुअरी ११, २०२६ मा नेपाल आएका थिए । फेब्रुअरी १२, २०२६ मा इटहरी मा तथा फेब्रुअरी १४, २०२६ मा काठमाडौंमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म पूरा दिन चल्ने ध्यान शिविर आयोजना गरिएको थियो।
नेपालमा सामाजिक तथा आध्यात्मिक चेतना अभिवृद्धि गर्दै आएको संस्था आत्म जागृति मिशनको सहकार्यमा आयोजना गरिएको उक्त शिविरमा ध्यान, प्राणायाम, आत्मचिन्तन, भावनात्मक उपचार तथा सकारात्मक सोच सम्बन्धी अभ्यास गराइएको थियो। शिविरको वातावरण सकारात्मकता, ऊर्जा र आत्मविश्वासले भरिएको थियो। सहभागीहरूले दिनभरको अभ्यासबाट मानसिक शान्ति, भावनात्मक सन्तुलन र जीवनप्रति नयाँ दृष्टिकोण प्राप्त गरेको बताएका छन्।
यसै अवसरमा “Smiling Yogi Initiative” नामक अभियानको घोषणा गरिएको छ। यो अभियानले ध्यान, सचेत जीवनशैली, सकारात्मक सोच तथा आन्तरिक विकासलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। कार्यक्रमको मुख्य सन्देश “Smiling Yogi” तथा “Smiling Yogini” बन्न प्रेरित गर्नु थियो।
इटहरी र काठमाडौं दुवै स्थानमा आयोजित शिविरमा उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले यसलाई जीवन परिवर्तनकारी अनुभवको रूपमा लिएका छन्। यस कार्यक्रमले नेपालमा आध्यात्मिक जागरण र सकारात्मक सोचको सन्देश विस्तार गर्ने महत्वपूर्ण पहलको रूपमा काम गरेको आयोजकहरूले बताएका छन्।



FACEBOOK COMMENTS