काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरुले एक खर्ब ३३ अर्ब बढी बीमा शुल्क सङ्कलन गरेका छन् ।
नेपाल बीमा प्राधिरकणको तथ्याङ्क अनुसार ती जीवन बीमा कम्पनीहरुले एक करोड ४० लाख १२ हजार बीमा पोलिसी बिक्री गरेर एक खर्ब ३३ अर्ब ६२ करोड रुपैयाँ बीमा शुल्क सङ्कलन गरेका हुन् ।
कम्पनीहरुले प्रथम बीमा शुल्क २७ अर्ब ७० करोड र नवीकरण शुल्क १ खर्ब ६ अर्ब रुपैयाँ सङ्कलन गरेका छन् । प्राधिकरणका अनुसार जेठ महिनामा मात्रै १२ अर्ब २९ करोड बीमा शुल्क सङ्कलन भएको थियो । त्यसमध्ये जीवन बीमा कम्पनीहरुले १२ अर्ब २६ करोड र लघु जीवन बीमा कम्पनीहरुले ३ करोड ८ लाख बीमा शुल्क सङ्कलन गरेका छन् ।
जेठ मसान्तसम्म कुल सक्रिय बीमालेखको संख्या एक करोड ४० लाख ८९ हजार रहेको छ । जीवन बीमा कम्पनीहरुको कूल सक्रिय बीमालेख संख्या एक करोड ४० लाख १२ हजार र लघु जीवन बीमाहरुको कूल सक्रिय बीमालेख संख्या ७७ हजार ३०० रहेको छ ।
यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क सङ्कलन गरेको छ । कम्पनीले यस अवधिमा ३५ अर्ब ५६ करोड रुपैयाँ कुल बीमा शुल्क सङ्कलन गरेको हो । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा १५ अर्ब ९८ करोड रुपैयाँ कुल बीमा शुल्क सङ्कलन गरेको छ ।

तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले १८ अर्ब ८९ करोड रुपैयाँ कुल बीमा शुल्क सङ्कलन गरेको छ । त्यस्तै, हिमालयन लाइफले १४ अर्ब ६४ करोड, सूर्यज्योति लाइफले ८ अर्ब, एशियन लाइफले ७ अर्ब २ करोड रुपैयाँ कुल बीमा शुल्क सङ्कलन गरेको छ ।

राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ९५ करोड रुपैयाँ कुल बीमा शुल्क सङ्कलन गरेको छ । सिटिजन लाइफले ५ अर्ब २९ करोड, सानिमा रिलायन्स लाइफले ५ अर्ब ३२ करोड, मेट लाइफले ५ अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क सङ्कलन गरेको छ ।

आइएमई लाइफले ४ अर्ब ४ करोड, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ७१ करोड, रिलायबल नेपाल लाइफले ३ अर्ब ६९ करोड, सन नेपाल लाइफले ३ अर्ब ३९ करोड रुपैयाँ कुल बीमा शुल्क सङ्कलन गरेको छ ।
यो पनि पढ्नुहोस्–