काठमाडौं । जीवन बीमा कम्पनीहरुले पौँष महिनासम्ममा ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार नवीकरणीय शुल्कको हिस्सा ५७ अर्ब ४७ करोड ४१ लाख रुपैयाँ रहेको छ भने प्रथम बीमा शुल्कको हिस्सा १४ अर्ब १७ करोड ७९ लाख रुपैयाँ रहेको छ । पौंष महिनामा मात्रै बीमा कम्पनीहरुले १२ अर्ब १३ करोड ५८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छ्न् ।
जसमा नवीकरणीय शुल्क ९ अर्ब २२ करोड ८८ लाख रुपैयाँ आर्जन गरेका छन् भने प्रथम बीमा शुल्क २ अर्ब ९० करोड ७० लाख रुपैयाँ रहेको छ ।
पौषसम्म जारी बीमा लेखको संख्या १४ करोड १० लाख ९१ हजार ५० रहेको छ ।यो अवधिमा सबैभन्दा बढी बीमा शुल्क आर्जन नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । कम्पनीले १८ अर्ब ६३ करोड करोड ३८ लाख रुपैयाँ आर्जन गरेको हो ।
दोस्रोमा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्ने कम्पनी लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले ८ अर्ब ७२ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ । तेस्रोेमा , नेशनल लाइफ रहेको छ । यो कम्पनीले ७ अर्ब ६८ करोड ६९ लाख रुपैयाँ बढी बीमा शुल्क आर्जन गरेको छ ।त्यस्तै, युनियन लाइफ इन्स्यारेन्सले ३ अर्ब ७५ करोड १९ लाख बीमामा शुल्क आर्जन गरेको छ । एशियन लाइफ इन्स्योरेन्सले ३ अर्ब ४६ करोड २६ लाख बीमा शुल्क आर्जन गरेको छ । सिटिजन्स लाइफ इन्स्योरेन्सले २ अर्ब ६६ करोड ४४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
मेट लाइफ इन्स्योरेन्सले २ अर्ब ५० करोड २३ लाख बीमा शुल्क आर्जन गरेको छ । २ लाख २६ करोड ८८ लाख बिमा शुल्क प्राइम लाइफले आर्जन गरेको छ । सबैभन्दा कम बीमा शुल्क सुर्य ज्योती लाइफ इन्स्योरेन्सले आर्जन गरेको छ । कम्पनीले ५९ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
रिलायन्स लाइफले १ अर्ब ५० करोड ३० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सानिमा लाइफले १ अर्ब २४ करोड ७४ लाख बीमा शुल्क आर्जन गरेको छ ।
FACEBOOK COMMENTS