काठमाडौं । माघमा सञ्चानमा रहेका १८ वटा जीवन बीमा कम्पनीले ११ अर्ब ७३ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जुन पुस महिनाको तुलनामा ३९ करोड ६५ लाख रुपैयाँले कम हो ।
पुसमा जीवन बीमा कम्पनीले १२ अर्ब १३ करोड ५८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । जीवन बीमा कम्पनीले एक महिनामा ११ अर्ब ७३ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क २ अर्ब २७ करोड ९२ लाख रुपैयाँ छ । यस्तै नवीकरण बीमा शुल्क ९ अर्ब ४६ करोड १ लाख रुपैयाँ छ ।
माघमा सबैभन्दा बढी बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्सले आर्जन गरेको छ । कम्पनीले माघमा ३ अर्ब १ करोड ३० लाख १५ हजार रुपैयाँ आर्जन गरेको हो । यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेसनको १ अर्ब ४९ करोड ६७ लाख रुपैयाँ छ भने नेसनल लाइफले १ अर्ब २९ करोड ६१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
बीमा प्राधिकरणका अनुसार राष्ट्रिय बीमा प्राधिकरणले ३३ करोड ७८ लाख, मेट लाइफले ४० करोड ६ लाख, एसियनले ६४ करोड ५८ लाख, गुराँसले ३४ करोड १६ लाख, प्राइमले ३६ करोड ५६ लाख, आईएमईले ३६ करोड ७० लाख र युनियन लाइफले ७८ करोड ९८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
यस्तै सन नेपालले माघमा ३४ करोड ७५ लाख, रिलायन्स लाइफले २८ करोड ६ लाख, रिलायबल नेपालले २९ करोड ९२ लाख, सिटिजनले ४७ करोड ५७ लाख र सानिमा लाइफले २३ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
प्राधिकरणका अनुसार प्रभु लाइफले १८ करोड ८० लाख, महालक्ष्मी लाइफले १४ करोड ५० लाख र सूर्यज्योति लाइफले ७१ करोड ५ लाख ७२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
FACEBOOK COMMENTS