काठमाडौ । काठमाडौका विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म विद्युत् लाइन अवरुद्ध हुने जनाएको छ ।
कुलेश्वर, कीर्तिपुर र जोरपाटी वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्न लागिएकोले विद्युत् सेवा प्रभावित हुने जनाएको छ ।
तीन वटै केन्द्र अन्तर्गत विभिन्न स्थानहरूमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।
FACEBOOK COMMENTS