काठमाडौं । आजदेखि काठमाडौं उपत्यकाको विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ्ग आयोजनाले स्युचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाईनको पुरानो तारलाई बदली गर्दा लाइन अबरुद्ध हुन लागेको हो ।
बैशाख २९ र ३१ गते हसनटार फिडर, खड्का गाउँ फिडर र थानकोट फिडरमा विद्युत् अवरुद्ध हुने भएको छ । यस्तै जेठ २ र ४ गते थानकोट फिडरसँगै बलम्बु फिडरमा विद्युत् अवरुद्ध हुने छ ।
FACEBOOK COMMENTS